कार्तिक १५ गोरखा। गोरखाको सहिद लखन गाउँपालिका नेकपा एमालेका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलवार ताक्लुङमा आयोजित चुनावी अभियानको क्रममा वडा न.४ का वडाध्यक्ष मिलन थापासहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
एमालेले लिएको नितिले देश प्रतिगमन तर्फ गएकोले संविधानको रक्षाको लागि माओवादी केन्द्र प्रवेश गरेको उनिहरुले बताए । जिल्लामा एमालेमा ठुलो पहिरो जाने अध्यक्ष थापाले बताए ।
उनीहरुलाई माओवादी केन्द्रका नेता लेख बहादुर थापा, अमर तमुलगायत गठबंधनका नेताले स्वागत गरेका हुन् ।