आइतबार, वैशाख ८ गते २०८२

नेकपा एसले सच्यायो घोषणा पत्रः मासिक होइन, वार्षिक ३ सय युनिट बिजुली निःशुल्क

नेकपा एसले सच्यायो घोषणा पत्रः मासिक होइन, वार्षिक ३ सय युनिट बिजुली निःशुल्क

अखबार दैनिक
मंगलबार, कात्तिक १५ २०७९
  • नेकपा एसले सच्यायो घोषणा पत्रः मासिक होइन, वार्षिक ३ सय युनिट बिजुली निःशुल्क

    कार्तिक १५ काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको आफ्नो घोषणा पत्रमा प्रुफमा गल्ती भएको भन्दै मासिक २ सय युनिट विद्युत् निःशुल्क हुने विषय सच्याएको छ ।

    images


    पार्टीमा उपमहासचिव डा। विजय पौडेलले घोषणा पत्रमा भएको मासिक २ सय युनिट नभएर वार्षिक ३ सय युनिट विद्युत् निःशुल्क हुनु पर्ने बताएका छन् । उनले ट्विटरमा एक ट्विट गर्दै यो जानकारी दिएका छन् ।

    उनले यसका लागि आफूहरुले स्थानीय तह निर्वाचनको समयमा ल्याएको घोषणा पत्रलाई पनि आधार मानिदिन अनुरोध गरेका छन् । नेकपा एकीकृत समाजवादीले सोमबार आफ्नो घोषणा पत्र सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ