आइतबार, वैशाख ८ गते २०८२

राप्रपा घोषणापत्रः प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपा घोषणापत्रः प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • राप्रपा घोषणापत्रः प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

    कात्तिक १४ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेजको प्रस्ताव अघि सारेको छ । राप्रपाले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै प्रदेशको खारेज, केन्द्र र बलियो स्थानीय तहको अवधारणा अघि सारेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रुपमा राजसंस्था रहने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अहिलेको आवश्यकता रहेको बताए । 

    images

    पूर्ण समानुपातिक संसद र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना आफूहरुको एजेण्डा रहेको बताए । सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र अहिलेको आवश्यकता रहेको उल्लेख छ । यस्तै घोषणापत्रमा  एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा बस्न नपाउने भनिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ