आइतबार, वैशाख ८ गते २०८२

गोरखामा ७ जनाले लिए उम्मेदवारी फिर्ता लिए

गोरखामा ७ जनाले लिए उम्मेदवारी फिर्ता लिए

अखबार दैनिक
बुधबार, असोज २६ २०७९
  • गोरखामा ७ जनाले लिए उम्मेदवारी फिर्ता लिए

    असोज २६ गोरखा । गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन्।  

    images

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै गोरखा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन्। उनका श्रीमानले वारेस मार्फत उम्मेदवारी फिर्ता लिइएको निर्वाचन अधिकृत नादरप्रसाद भट्टराईले बताए। यससँगै प्रतिनिधि सभामा उम्मेदवारको संख्या माओवादी केन्द्रका अध्यक्ष दाहाल सहित १२ कायम भएको छ। निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिने समय बुधवार बिहान १० देखि दिउँसो १ बजे सम्मलाई तोकेको थियो।  

    २ ‘क’ प्रदेश क्षेत्रमा एकीकृत समाजवादीका जुद्धबिलास भण्डारी, नेपाल मजदुर किसान पार्टीका बेलबहादुर बस्नेत, नेपाल समाजवादीका हरिशरण आचार्यले पनि उम्मेदवारी फिर्ता लिएका छन्। यो प्रदेशमा अब सात जना उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएको छ। २ ‘ख’ मा छ जनाले उम्मेदवारी दिएका मध्ये कसैले पनि फिर्ता लिएनन्।  

    गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १० मध्ये कसैलेपनि फिर्ता गरेनन्। १ को ‘क’ मा ७ जनाकै उम्मेदवारी कायम छ।  

    प्रदेश क्षेत्र ‘ख’ मा १० जनाले उम्मेदवारी दिएका मध्ये ३ जनाले फिर्ता लिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका पूर्ण दाहाल, राजकुमार ढकाल र एकिकृत समाजवादीका टेकराज भट्टले उम्मेदवारी फिर्ता लिएका मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ