आइतबार, वैशाख ८ गते २०८२

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने

अखबार दैनिक
बुधबार, असोज २६ २०७९
  • रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने

    असोज २६ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् ।

    images


    चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर २ मै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो ।


    रेशम चौधरीकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अब बर्दिया क्षेत्र नम्बर २ मा रेशम चौधरीका बुवा निर्वाचन लड्ने बताइन् ।

    टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । चौधरीले बर्दिया-२ मा र थारुले कैलाली-५ मा उम्मेदवारी दिएका थिए । चौधरी र थारु दुवैको उम्मेदवारी खारेज भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ