असोज २६ काठमाडौं । मनाङको प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवार दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिन निवेदन दिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् ।
उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले आज अपराहन्न ३ बजेसम्मको समय दिएको छ । आयोगले ३ बजेपछि उम्मेदवारको अन्तिम सूची निकालेसँगै निर्बिरोध भएको घोषणा हुने बुझिएको छ ।
मनाङेलाई आफ्नो पक्षमा पार्न सो क्षेत्रमा कुनै पनि दलहरुले उम्मेदवारी दिएका छैनन् । यो सँगै मनाङे प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने भएका छन् । उनको प्रदेश सभामा यो लगातार दोस्रो कार्यकाल हुने छ ।