आइतबार, वैशाख ८ गते २०८२

गोरखा क्षेत्र नं १ मा माओवादीबाट धितालको उम्मेदवारी

गोरखा क्षेत्र नं १ मा माओवादीबाट धितालको उम्मेदवारी

अखबार दैनिक
मंगलबार, असोज २५ २०७९
  • गोरखा क्षेत्र नं १ मा माओवादीबाट धितालको उम्मेदवारी

    असोज २५ काठमाडौं । लामो समय देखि राजनीतिमा सक्रिय रहनुभएका कृष्ण प्रसाद धिताल (विजय) ले गोरखा क्षेत्र नं १ को प्रदेश सभा क बाट मनोनयन दर्ता गराउनु भएको छ । 

    images


    नेकपा माओवादी केन्द्रमा सक्रिय राजनीतिमा रहनु भएका धिताल युवा देखि बृद्धासम्मको रोजाइमा रहनु भएको छ । उहाँ गोरखाको पूरानो, सालिन तथा मिलनसार नेता हुनुहुन्छ । धिताल माओवादी केन्द्रका केन्दिय सदस्य समेत रहनु भएको छ ।

    1665469307-bnU4N.jpg
    undefined

    सरल सोभावना भएका धिताल विकास प्रेमी नेता हुन् । उहाँ गोरखा जिल्लाकै कुशल नेता हुन् भन्ने प्रमाणसमेत गत स्थानीय चुनावको परिणामबाट प्रष्ट देखिन्छ । उक्त समयमा स्थननिय नौं वटा तहमा उत्कृष्ट नतिजासहित माओवादी केन्द्र विजयी भएको थियो । 


    कर्मचारीहरुलाई मिलाएर ब्यवहारिक रुपमा राम्रो नतिजा ल्याउन धिताल अबल रहेका छन् । उहाँको उम्मेदवारी रहेसँगै आम मतदातामा खुसीयाली छाएको छ । 

    310733540_635917111232022_6173209467667203_n.jpg
    undefined

    धितालका अनुसार उम्मेदवारीसँगै अब आउने चुनावको परिणमबाट जनताले दिएको मत र विश्वासलाई आत्मासाथ गरि विकासको मोडल क्षेत्रको रुपमा विकास गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । यस पूर्व अधुरो रहेका बाटो, पुल, खानेपानी, पर्यटन, स्वास्थ्य, शिक्षा जस्ता जनाताको आधारभुत आवश्यकतालाई पूरा गर्ने बाचा गर्नु भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ