असोज २५ बागलुङ । नेकपा माओवादी केन्द्रका सचिव एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनिल’ ले प्रतिनिधि सभाको सदस्यको लागि बागलुङ क्षेत्र नं। २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेलले बुर्तिवाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
वि.सं. २०७४ को निर्वाचनमा क्षेत्र नं. २ बाटै निर्वाचित हुनुभएका पौडेलले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको हो । सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभाको लागि नेपाली काँग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दिनुभएको छ । जस अनुसार क्षेत्र नं. २ क मा जित शेरचन र ख मा द्रोण कुँवरले वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बागलुङको क्षेत्र नं. २ मा २ नगरपालिका र ४ गाउँपालिका गरि ६ स्थानीय तह रहेका छन् ।