असोज १३ काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ । मुख्यमन्त्री पाण्डेका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको हो ।
स्व मनमाया पाण्डेका मुख्यमन्त्री पाण्डेसहित पाँच छोरा तीन छोरी हुनुहुन्छ । स्व पाण्डेको आजै पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।