आइतबार, वैशाख ८ गते २०८२

रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा उठ्ने, भोलि उम्मेदवारी घोषणा

रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा उठ्ने, भोलि उम्मेदवारी घोषणा

अखबार दैनिक
बिहीबार , असोज १३ २०७९
  • रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा उठ्ने, भोलि उम्मेदवारी घोषणा

    असोज १३ काठमाडौं । विवेकशील साझा पार्टी त्यागेर बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गर्ने भएका छन्। 

    images


    विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रले काठमाडौं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संघीय निर्वाचन लड्न उम्मेदवारी घोषणा गर्न लागेका हुन्। 

    मिश्र बुधबार मात्रै वरिष्ठ उपाध्यक्षको हैसियत लिने गरी राप्रपामा प्रवेश गरेका छन्। उनले नेपाललाई संघीयता आवश्यक नरहेको बताउँदै अब राजासहितको शासन व्यवस्थाको पक्षमा आफूलाई उभ्याएका छन्। 

    उनले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्न लागेका हुन्। उनले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने तयारीमा रहेको बताउङ्गँदै आफ्नो क्षेत्रका मतदातालाई कार्यक्रममा निम्तो पनि दिएका छन्। 

    मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

    २०७४ मा काठमाडौँ १ निर्वाचन क्षेत्रमा ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए। मिश्रले त्यसबेला १० हजार १ साय १८ मत प्राप्त गरेका थिए। विजयी सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ