आइतबार, वैशाख ८ गते २०८२

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, असोज १० २०७९
  • पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

    पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आइतबार सेनाको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई अधिकृतसमेत रहेका पाकिस्तानी सेनाले बताएको छ। 

    images


    पाकिस्तानको बालोचिस्तानस्थित हर्नाई नजिकै ‘फ्लाइङ मिसन’को क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो। अहिलेसम्म विमान दुर्घटनाको कारण भने खुलाइएको छैन। सेनाले यस विषयमा अहिले अनुसन्धानको काम भइरहेको बताएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ