आइतबार, वैशाख ८ गते २०८२

सर्वोच्चले राष्ट्रपतिसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

सर्वोच्चले राष्ट्रपतिसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

अखबार दैनिक
आइतबार, असोज ९ २०७९
  • सर्वोच्चले राष्ट्रपतिसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

    असोज ९ काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ।

    images


    सर्वोच्चका न्यायाधीश हरिप्रसाद फूयालको एकल इजलासले प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो।

    नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै रिट परेको थियो। राष्ट्रपतिविरुद्ध अधिवक्ता डा.सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरूले रिट दायर गरेका थिए। सर्वोच्चको आदेशअनुसार राष्ट्रपतिले लिखित जवाफ पेस गर्नुपर्ने छ।

    रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए । उनले अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ