असोज ६ काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।
खनालसँगै अन्य केही पूर्व राष्ट्रसेवकहरूलाई ओलीले पार्टीमा स्वागत गर्ने नेता विशाल भट्टराईले जानकारी दिए। उनलाई आम निर्वाचनमा चुनाव लड्ने शर्तमा एमाले प्रवेश गर्न लागेको जनाइएको छन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो।
तर खनालले आगामी मंसिर ४ मा हुने चुनावमा उम्मेदवार बन्ने सम्भावना भने नरहेको भट्टराईले बताए। समानुपातिकको बन्दसूची पेस भइसकेको र प्रत्यक्षका लागि उम्मेदवार सिफारिसको काम सकिएकोले खनाललाई यो चुनावमा उम्मेदवार बनाउने सम्भावना नरहेको भट्टराईको प्रतिक्रिया छ अध्यक्ष ओलीले खनाललाई काठमाडौं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छन्।