मंगलबार, वैशाख २५ गते २०८१

इन्जिनियर नवराजको कुन सहरमा युटुवमार्फत सार्वजनिक

इन्जिनियर नवराजको कुन सहरमा युटुवमार्फत सार्वजनिक

अखबार दैनिक
मंगलबार, असार ७ २०७९
  • इन्जिनियर नवराजको कुन सहरमा युटुवमार्फत सार्वजनिक

    ज्योमेट्रिक इन्जिनियर नवराज बजगाईले “कुन सहरमा” बोलको गीत युटुव माफर्त सार्वजनिक गरेका छन् । केही साताअघि सार्वजनिक भएको “आधा माया” ले संगीत प्रेमिहरुको मन जिते पछि दर्शकहरुका लागि उपहारस्वरुप “कुन सहरमा हरायौं प्रिया” बोलको गीत साइराम पिक्चर्सको च्यानलमार्फत दर्शकमाझ ल्याएको इन्जिनियर बजगाईको भनाई छ । नेपाली संगीतिक क्षेत्रमा भिन्न शैलिको प्रयोग गर्न माहिर नवराजले यस गीतमार्फत विछोड भईसकेकी प्रेमिकालाई मार्मिक शब्दहरुमार्फत स्मरण गरेका छन् । यो गीतको अर्को विशेषता चाहि यसमा स्वर, लय, शब्द तथा अभिनय पनि स्वंम नवराज कै छ ।

    images
    naba.jpg

    टिम मुक्तिनाथको निर्देशन र नवराजसहित जुना कार्की र सम्झाना सापकोटाको अभिनयको तालमेलले गीतलाई थप उत्कृष्ट बनाउन मद्यत गरेको छ । पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्रमा सदावहार गीतको अभाव छाइरहेको परिवेशमा नवराजको यो प्रयासले, सदावहार गितलाई मायाँ गर्ने दर्शक तथा श्रोताहरुको भावनालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

    ( भिडियो )

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ