मंगलबार, वैशाख २५ गते २०८१

माओवादीको प्रदेश सम्मेलन हुँदै, प्रचण्डले एकैसाथ उद्घाटन गर्ने

माओवादीको प्रदेश सम्मेलन हुँदै, प्रचण्डले एकैसाथ उद्घाटन गर्ने

अखबार दैनिक
शनिबार, मंसिर २५ २०७८
  • माओवादीको प्रदेश सम्मेलन हुँदै, प्रचण्डले एकैसाथ उद्घाटन गर्ने

    नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।

    images

    अधिवेशनको आज दिउँसो एक बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

    प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिले अनुकुलमा सम्मेलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन भने आज नहुने भएको छ ।

    सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ ।

    विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार