लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो । ६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् । यस्तै रोबिन सिंहले युएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन् ।
