आइतबार, वैशाख ८ गते २०८२

‘नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ’: ‘प्रचण्ड’

‘नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ’: ‘प्रचण्ड’

अखबार दैनिक
शुक्रबार, मंसिर २४ २०७८
  • ‘नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ’: ‘प्रचण्ड’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताएका छन ।

    images

    पूर्ववक्ता भारतीय जनता पार्टीका एक नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ ।’उनले नेपालमा यस प्रकारको अनौठो संस्कृति विद्यमान रहेको पनि बताएका छन । आफूहरुले आपसमा प्रतिस्पर्धा पनि गर्ने गरेको छ र जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ