सोमबार, जेठ ७ गते २०८१

सभापतिमा देउवालाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णय

सभापतिमा देउवालाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णय

अखबार दैनिक
बुधबार, मंसिर २२ २०७८
  • सभापतिमा देउवालाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णय

    काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

    images

    प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

    बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन सकेन । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति देउवाको विभिन्न विचारधारा भएका दलहरुलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताएका छन ।

    उनले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरुसँग परामर्श गरेर निष्कर्षमा पुर्याउने दाबी गरेका छन । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उनले बताएका छन ।

    त्यस्तै, कांग्रेस नेता बालकृष्ण खाणले देउवालाई नै पार्टी सभापतिको रुपमा अघि बढाउन सहमति भएको जानकारी दिएका छन । उनले महाधिवेशनपछि पदाधिकारी थप गर्ने विषयमा छलफल भएको बताएका छन ।

    कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउदलगायतले दाबी गर्दै आएका छन् ।

     

     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार