आइतबार, मंसिर ९ गते २०८१

कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार

कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार

अखबार दैनिक
बुधबार, मंसिर २२ २०७८
  • कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार

    २२ मंसिर, काठमाडौं । पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्शविहीन भएको छ ।

    images

    बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए ।

    देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको एक नेताले बताए । सभापतिमा देउवाको उम्मेदवारी निश्चितजस्तै भएपनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन संस्थापन समूहमा सकस छ । बैठकमा सहभागी नेताहरुले आफ्नो उम्मेदवारीका बारेमा धारणा राखेका थिए ।

    उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए । उनले भने, ‘सभापतिमा मेरो इच्छा छैन तर त्योभन्दा दोस्रो पदमा मेरो दावी रहन्छ ।’ तर गच्छदारले उपसभापति पदमै उम्मेदवारी रहनेबारे प्रष्ट नबोलेको बैठकमा सहभागी एक नेताले बताए । संस्थापन समूहबाट महामन्त्रीमा हालका सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरु बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा छन् ।

    बैठकमा पाँचै जनाले महामन्त्रीमा दावी गरेका थिए । त्यस्तै सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेशीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन् भने पुष्पा भुसालले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।

    पदाधिकारीका आकांक्षी धेरै भएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ । आकांक्षीको नाम सिफारिस गर्न नेताहरुलाई जिम्मेवारी संस्थापन समूहले सात वटै प्रदेशका केन्द्रीय सदस्यहरुलाई आआफ्नो प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।

    ‘प्रदेश अध्यक्ष र उम्मेदवारसँग पनि परामर्श गरेर नेताहरुलाई आकांक्षीको नाम सिफारिस गर्न भनिएको छ,’ कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले अनलाइनखबरसँग भनिन्, ‘बिहीबार १२ बजेसम्म नाम दिन भनिएको छ । त्यसपछि बैठक बसेर अन्तिम टुंगो लगाइन्छ ।’ कांग्रेस महाधिवेशन शुक्रबार (मंसिर २४ गते) उद्घाटन हुँदैछ ।

    मंसिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । तर कांग्रेसमा संस्थापन र इतर दुबै पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार