काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिस बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गगठन गरेकी हुन् । देउवाले चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका थिए । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।