बिहीबार , वैशाख २० गते २०८१

परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

अखबार दैनिक
मंगलबार, असोज १२ २०७८
  • परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं, १२ असोज । परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए।

    images

    कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

    उनको रिट दर्ता भइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन। उनले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न/नगराउन आदेश पनि मागेका छन्।

    यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८/०६/०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्नू/नगराउनू र संविधानको धारा ८० बमोजिम संघीय कानुन निर्माण नगरी कसैलाई पनि मन्त्रीको हैसियतले सपथ ग्रहण नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाऊँ, रिटमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार