शुक्रबार, वैशाख २१ गते २०८१

नेपाली कांग्रेस अधिवेशन : ललितपुरको ३ स्थानीय तहमा सर्वसम्मत, ३ मा निर्वाचन

नेपाली कांग्रेस अधिवेशन : ललितपुरको ३ स्थानीय तहमा सर्वसम्मत, ३ मा निर्वाचन

अखबार दैनिक
मंगलबार, असोज १२ २०७८
  • नेपाली कांग्रेस अधिवेशन : ललितपुरको ३ स्थानीय तहमा सर्वसम्मत, ३ मा निर्वाचन

    १२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुरमा पालिका अधिवेशन सम्पन्न भएको छ । ६ पालिका रहेको ललितपुरमा तीन वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ललितपुर महागनगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    images

    गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका र महांकाल गाउँपालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले जनाएको छ । गोदावरी नगरपालिकामा प्रदीप जोशी, वाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाँउपालिका खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । तीनै जना संस्थापन निकट हुन् ।

    कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो । ललितपुर महानगरपालिकामा सुभानन ध्वाख्वा निर्वाचित भएका छन् । उनले २८२ मत पाए भने अर्का प्रत्यासी गणेशभक्त श्रेष्ठले २२१ प्राप्त गरेको मतदान अधिकृतले जनाए । ध्वाख्वा र श्रेष्ठ दुवै संस्थापन निकट हुन् ।

    महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन् । उनले ८२ मतले पाए भने सभापति पदका अर्का उम्मेदवार सुशील खड्काले ८० मत प्राप्त गरे । सभापतिमा निर्वाचित सिलवाल संविधानसभा सदस्य रामकृष्ण चित्रकार निकट हुन् । चित्रकार पछिल्लो समय संस्थापन समूहसँग नजिक छन् ।

    कोन्ज्योसोम गाउँपालिकामा सरोज घलान सभापति पदमा विजयी भएका छन् । उनले ४५ मत प्राप्त गरे भने अर्का प्रत्यासी जीवन बलले ३७ मत प्राप्त गरेका हुन् । घलान भने पौडेल समूह निकट हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार