१९ भदौ, गोरखा । नेपाली कांग्रेसको वडा अधिवेशन अन्तर्गत गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको वडा नं. १ मा नेतृत्व चयन भएको छ ।
वडामा सबै प्रतिनिधिहरु सर्वसम्मतबाट नेतृत्व चयन भएको हो । कार्यसमितिमा सभापतिमा चण्डीका अधिकारी, उपसभापतिमा राजु गुरुङ, यम प्रसाद अधिकारी, सचिवमा मदन अधिकारी, मुक्तन गुरुङ सहसचिवमा लोक ब.परियार, हिक ब. श्रेष्ठ , तथा सदस्यहरुमा सोम ब. गुरुङ, सुशन श्रेष्ठ, जय व. श्रेष्ठ, सिजन गुरुङ सर्वसम्मतबाट चयन भएका छन् ।
साथै उक्त अधिवेशनबाटल क्षेत्रिय प्रचिनिधिहरु पनि चयन गरिएको थियो ।