बुधबार, वैशाख २६ गते २०८१

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १३ जना सांसद नेपालको पक्षमा 

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १३ जना सांसद नेपालको पक्षमा 

अखबार दैनिक
मंगलबार, भदौ १५ २०७८
  • सुदूरपश्चिम प्रदेशसभामा एमालेका १३ जना सांसद नेपालको पक्षमा 

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई सुदूरपश्चिम प्रदेशसभामा एमालेका १३ जना सांसदले खुलेर समर्थन गर्ने भएका छन् । 

    images

    सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जनाले नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई समर्थन गर्ने भएका हुन् । 

    प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

    आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले जानकारी दिए ।  

    प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्यहरु आउने जानकारी प्राप्त भएको बताए ।

    सोडारीका अनुसार हाललाई १३ जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने भए पनि २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन सक्नेछन् ।

    यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । दल विभाजन भइसकेको अवस्थामा माधवकुमार नेपालको पक्षमा केही सांसद घटेको बताइन्छ । सुदूरपश्चिममा एमालेका प्रभावशाली मानिने नेता तथा पार्टीका उपाध्यक्ष भीम रावल एमालेतिरै फर्किएपछि माधवकुमार नेपाल पक्षका केही सांसद एमालेमै रहने निर्णयमा पुगेको स्रोत बताउँछ ।

    नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार