बुधबार, वैशाख २६ गते २०८१

नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखे : केपी ओली

नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखे : केपी ओली

अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली

images
अखबार दैनिक
बुधबार, भदौ ९ २०७८
  • नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखे : केपी ओली

    काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उनले बताएका छन ।

    images

    एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताएका छन । उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’

    कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको उनले बताएका छन । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उनले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार