बिहीबार , वैशाख २७ गते २०८१

हिमाञ्चल बोर्डिङ् स्कूल २०६२ ब्याचका विद्यार्थीले गरे बिरामी गुरूलाई आर्थीक सहयोग

हिमाञ्चल बोर्डिङ् स्कूल २०६२ ब्याचका विद्यार्थीले गरे बिरामी गुरूलाई आर्थीक सहयोग

अखबार दैनिक
शनिबार, साउन ३० २०७८
  • हिमाञ्चल बोर्डिङ् स्कूल २०६२ ब्याचका विद्यार्थीले गरे बिरामी गुरूलाई आर्थीक सहयोग

     

    images

    आफुलाई शिक्षाको ज्ञान दिएका गुरु गम्भिर प्रकृतिको रोग बाट ग्रसित भएपछि बिद्यार्थीहरुले गुरुको उपचारमा आर्थीक सहयोग गरेका छन् । आफुलाई पढाएका असल शिक्षक जोगाँऔ भन्ने अभियानका साथ हिमाञ्चल बोर्डिङ् स्कूल २०६२ ब्याचको विद्यार्थीले  हिमाञ्चल बोर्डिङ् स्कूलका पूर्व अंग्रेजी शिक्षक श्री बुद्धीबहादुर थापाको उपचारार्थ आर्थीक सहयोग गरेका हुन् ।  शिक्षक तामाङको दुवै किडनी फेल भएको छ ।   किडनी टासपलानको लागी घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले विद्यार्थीहरुले आफुलाई पढाएका शिक्षकको उपचार गर्न आर्थीक सहयोगमा जुटेका हुन् ।
     २०६२ व्याचका विद्यार्थीहरुले उनको  उपचारको लागि दुई लाख बहत्तर हजार पाँच सय चौत्तर रुपैया संकलन गरि थापाको परिवारलाई हस्तान्तरण गरेका हुन ।  उक्त रकम संकलन गर्न देश विदेशमा रहनुभएका विद्यार्थीहरु स्कुलका प्रिन्सिपल श्री दिलबहादुर गुरुङ्ग पूर्व शिक्षक वेद प्रसाद शर्मा, तथा विद्यार्थी श्री दिपा गुरुङ, दिनेश के.सी, जिवन आचार्य, रश्मी गुरुङ्ग प्रबेश सेरचन, सरिना  गुरूङ, सम्झना गौतम, सिता तिमिल्सीना, रवि दकाल,रश्ना ढकाल, रोमन गुरुङ, प्रतिभा गुरुङ,सुमित गुरुङ, प्रताप गुरुङ, उपेन्द्र पुर्जा, अनन्त प्रधानाङ्ग , सुनिता थापा, सविना शर्मा, सोमनाथ भण्डारी, शर्मिला बस्नेत, विश्वास पुन, अन्जना गौतम, अपेक्षा गुरुङ्ग, अनुप गुरुङ, विनोद भटृराइ, समिक्षा भटृराई, विक्रम गुरुङं, कुशुम गुरुङ, महेश गुरूङ, प्रमिला थापा, माधव थापा, सुजन पराजूली, काजु थापा, लगाएतका व्यक्तीहरुले रकम संकलन गर्ने अभियानमा थिए । उनीहरु एउटा असल गुरु वचाउ भन्ने अभियानका साथ आर्थीक रकम संकलनमा लागिरहेका छन् । उक्त स्कुलमा विभिन्न वर्षहरुमा रहेका विद्यार्थीहरुलाई रकम संकलन गर्नको लागि अपिल समेत गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार