बुधबार, वैशाख २६ गते २०८१

अब सबै घरमा खानेपानी धारा, गौरवका दर्जनौ योजनाको काम भईरहेको छ बर्राचौरमा

अब सबै घरमा खानेपानी धारा, गौरवका दर्जनौ योजनाको काम भईरहेको छ बर्राचौरमा

अखबार दैनिक
शुक्रबार, साउन २९ २०७८
  • अब सबै घरमा खानेपानी धारा, गौरवका दर्जनौ योजनाको काम भईरहेको छ बर्राचौरमा


    पर्वत
    पर्वतको विहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा बृहत लिफ्ट खानेपानी आयोजनाको काम शुरु हुने भएको छ । वडा नं. २  बर्राचौर स्थित सोती बर्राचौर लिफ्ट खानेपानी आयोजना निर्माणको काम शुरु हुन लागेको हो । लिफ्ट निर्माणको लागि मोती बहादुर कुवरको नेतृत्वमा ९ सदस्य निर्माण उपभोक्ता समिति गठन समेत गरिएको छ । गण्डकी प्रदेश सरकार बाट गत आर्थीक बर्ष २०७७÷०७८ मा बहुबर्षे योजनाका रुपमा बार्षिक किताबमा समावेश भएको उक्त लिफ्ट खानेपानी आयोजना पानीको स्रोतको पहिचान नहुदाँ रोकिएको थियो । अब यो बर्ष खानेपानी आयोजनाको निर्माण कार्य शुरु हुने छ । वडाध्यक्ष ओम प्रसाद कुँवरको सक्रियतामा खानेपानी आयोजनाको काम हुन लागेको हो । लिफ्टिङ खानेपानी आयोजनाको काम यथाशाक्य छिटो सप्पन्न गर्ने गरि काम आगाडी बढाईने वडाध्यक्ष कुवँरले बताउनुभयो । 
    लामो समय देखि खानेपानीको समस्या झेल्दै खाएका बर्राचौरवासीको खानेपानी समस्याको अब भने समाधान हुने भएको छ । खानेपानीको आयोजनाको काम शुरु हुन थालेपछि स्थानियवासी निकै खुसी भएका छन् । धेरै लामो समयदेखि खानेपानी समस्या झेल्दै आएका स्थानियवासीको खानेपानी समस्या समाधान गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको थियो । “भएका पानीका मुहानमा सहमति जुट्न सकेको थिएन,वडाध्यक्ष कुँवरले भन्नुभयो” आफ्ना नागरिकलाई पानी खुवाएरै छाड्ने मेरो कटिबद्धता थियो, अब भने पुरा हुने भयो ।
    बर्राचौरमा यसअघि लिसै गैह्रा खानेपानी आयोजनाको काम सम्पन्न भई नागरिकहरुले स्वच्छ खानेपानी घरमै पिउन पाएका छन् । उक्त खानेपानी बाट बर्राचौरका १५० घर प्रत्यक्ष लाभान्वित भएका छन् । निर्माण हुन लागेको सोती लिफ्ट खानेपानी योजनाले बर्राचौरका बाकीँ सम्पूर्ण घरधुरीलाई पुग्ने छ । उक्त योजना बाट साबिकका १,२,३,४,६ र ७ वडाहरु लाभान्वित हुने छन् ।
    भौगोलिक हिसाबले अत्यान्तै सहज र सुन्दर मानिने बर्राचौरमा अन्य ठुला ठुला विकास निर्माणका काम भईरहेका छन् । राष्ट्रिय गौरवको योजना कालिगण्डकी लोकमार्गमा कालोपत्रे गर्ने काम भईरहेको छ भने वहाकी—पोखराचौर—खहरेखोला सडक खण्डमा पनि कालोपत्रे हुदैछ । त्यस्तै १५ शैयाको विशेषज्ञ सेवा सहितको अस्पातल पनि निर्माणाधिन अवस्थामा छ । बैदशिक रेजगारमा गएका युवाहरुलाई स्वदेशमै रोजगार दिलाउने गरि औद्योगिक ग्रामको काम समेत भईरहेको छ । प्रसिद्ध पर्यटकीय स्थल शितल गुफामा पर्यटन पूर्वाधारको काम सकिएको छ । अहिँले त्यहाँ पर्यटकको घुईचो लाग्ने गरेको छ । त्यस्तै यहाँका विद्यालयमा नयाँ अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ त कतै निर्माण हुदैँछ । त्यस्तै वडा कार्यलय निर्माणाधिन अवस्थामा छ । अन्य कृषि प्रर्दशनी केन्द्र, फन पार्क, सिचांइ नहर तथा कुलो, गाउँवस्ती जोड्ने मोटरबाटोमा ग्राभेल र शहकारी तथा आमा समुह र सामुदायीक भवन निर्माणको काम समेत धमाधम भईरहेको छ । यहाँ बाट गुल्मी जोड्ने भलोलुंगे पुल भर्खरै मात्र निर्माण भएको छ । साना तथा ठुला  गौरवका महत्वपूर्ण योजनाको काम भईरहदा स्थानियवासीमा खुसीको भने सिमा नै छैन । आफ्नो वडालाई नमुन वडा बनाउन वडाध्यक्षको सक्रियताको पनि स्थानियवासीले प्रसंशा गर्ने गरेका छन् ।
     

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार