बिहीबार , मंसिर ६ गते २०८१

पहिलो पटक भारतीय सेनामा नेपाली महिलाहरूका लागि भर्ना खुल्यो

पहिलो पटक भारतीय सेनामा नेपाली महिलाहरूका लागि भर्ना खुल्यो

अखबार दैनिक
आइतबार, जेठ ३० २०७८
  • पहिलो पटक भारतीय सेनामा नेपाली महिलाहरूका लागि भर्ना खुल्यो

    भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो ।

    images

    भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन् । आवेदन भारतीय सेनाको वेबसाइट joinindianarmy.nic.in मा गएर भर्न सकिने छ । आवेदन दिने व्यक्तिको उमेर २७ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्ने छ । तर सहिद परिवारको हकमा उमेर हद ३० वर्ष कायम गरिएको छ ।

    कक्षा १० उत्तीर्ण गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत अङ्क र कूल ४५ प्रतिशत अङ्क ल्याएको हुनुपर्ने छ । अनलाइनबाट प्रवेश पत्र प्राप्त गर्न सकिने र छनोटको मिति र स्थान पनि सोही कार्डमा उल्लेख गरिने जनाइएको छ ।

    आवेदकले अविवाहितको प्रमाणपत्र पनि अनिवार्य पेस गर्नुपर्ने भनिएको छ ।

    सूचना :

    1-2.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ