गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश सभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले एक महिना भित्र प्रदेश सभा बाट विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्रीमा पृथ्बी सुब्बा गुरुङको पनि दाबी रहेको थियो ।
नवनियुक्त मुख्यमन्त्रीले आजै स्वतन्त्र सांसद दीपक मनाङे, माओवादीका एक जना र जनता समाजवादी पार्टीका हरिशरण आचार्य लाई मन्त्रीमा नियुक्तिको समेत तयारी गर्नुभएको छ । मुख्यमन्त्री सहति तिन मन्त्रीको केही बेरमा प्रदेश प्रमुख पौडेलले पद तथा गोपनियताको सपथ खुवाउदै हुनुहन्छ ।