मंगलबार, मंसिर ११ गते २०८१

बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

अखबार दैनिक
बुधबार, जेठ १९ २०७८
  • बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

     गोरखा ।

    images

    कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो । प्रताप अधिकारीको बिशेष पहलमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बारपाकका हरिबहादुर घले र संस्थाका अध्यक्ष डाक्टर अवन गौतमले सो सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए । सो अक्सिजन कन्सन्ट्रेटर बारपाकसम्म ल्याउन बारपाक सुलीकोट गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको घलेले जानकारी दिए । सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिए । अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा राखिएको घलेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार