सोमबार, वैशाख ९ गते २०८२

गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार, मन्त्रीले लिए सपथ, पर्वतका लम्साल पुनः मन्त्री 

गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार, मन्त्रीले लिए सपथ, पर्वतका लम्साल पुनः मन्त्री 

अखबार दैनिक
बुधबार, जेठ ५ २०७८
  • गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार, मन्त्रीले लिए सपथ, पर्वतका लम्साल पुनः मन्त्री 


    पर्वत
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । बैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका गुरुङले लामो समयसम्म मन्त्री विहिन हुँदा मन्त्रालयको काम प्रभावकारी नहुने भएकाले पुरानै मन्त्रीहरुलाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्नु भएको हो । 
    यस अघि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका किरण गुरुङ पुनः अर्थ मन्त्री बन्नुभएको छ । यस अघि रामशरण बस्नेत भौतिक मन्त्री, विकास लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, नरदेवी पुन मगर सामाजिक विकास मन्त्री र राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री रहनुभएको थियो । उहाँहरुलाई अहिलेलाई विना विभागीय मन्त्रीको रुपमा प्रदेश प्रमुख सिता पौडेलले पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । उहाँहरूको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 
    मुख्यमन्त्री गुरुङले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ भने असार नलाग्दै गण्डकी प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित गराउनु पर्नेछ । एक जना स्वतन्त्र सहित एमालेका जम्मा २८  सांसद छन् भने माओवादीका सभामुख सहित १२, नेपाली काङ्ग्रेसका १५, राजमोका ३ र जसपाका २ सांसद भएको प्रदेश सभामा बहुमतका लागि मुख्यमन्त्रीलाई कम्तिमा थप ३ जना सांसदको समर्थन जुटाउनु आवश्यक छ ।

    images

     


      

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ