मंगलबार, मंसिर ११ गते २०८१

प्रचण्ड–देउवा र उपेन्द्रलाई प्रधानमन्त्री ओलीको कठोर जवाफ

प्रचण्ड–देउवा र उपेन्द्रलाई प्रधानमन्त्री ओलीको कठोर जवाफ

अखबार दैनिक
सोमबार, वैशाख २७ २०७८
  • प्रचण्ड–देउवा र उपेन्द्रलाई प्रधानमन्त्री ओलीको कठोर जवाफ

    काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता उपेन्द्र यादवलाई कठोर जवाफ दिनुभएको छ । बिश्वासको मतमाथि बिपक्षी दलका नेताहरुले उठाएका प्रश्नको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले मुलुकलाई बिकास र स्थीरतातर्फ लैजान गरेको प्रयाश र अभियानलाई अनेक षडयन्त्र गरी भ्रमपुर्ण प्रचार गरेको भन्दै कठोर जवाफ दिनुभयो ।

    images

    ‘झुटमुठ बोलेर, उत्तेजनात्मकम कुरा गरेर, अहिले यस्तो असहज अवस्थाबाट देश गुज्रिरहेको बेला देशमा तनाव बढाउने, अनेकतातर्फ देशलाई लाने, बैमनश्यता र कलहतर्फ देशलाई लाने परिस्थिति होइन । कतिपय मित्रहरुको कुरा सुन्दा अचम्म पनि लाग्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालको राजनीति अलिक जटिल भयो, माखेसांङलो जस्तो भनेको थियो, जाने निस्कन्छ, नजाने अल्झिरहन्छ भनेको थिएँ, तर अर्कै भनियो । मानवसाङलोलाई माखेसाङलो भन्यो भन्दै उधुम मच्चाइयो । मैले बेग्लै प्रसंगमा दुई चार ओटा आँप झर्दैमा बोट रित्तो हुँदैन भने, तर शहीदसँग जोडेर भ्रमपुर्णप्रचार गरियो । यस्तो छुदै खालको राजनीति नगरौं ।’

    उहाँले ‘आवेश, उत्तेजना, प्रतिशोधपुर्ण राजनीति होइन, सत्य तथ्यमा आधारित भएर अघि बढन पनि तीनै जना नेतालाई सुझाव दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार