मंगलबार, मंसिर ११ गते २०८१

ओलीले गुमाए संसदमा विश्वासको मत

ओलीले गुमाए संसदमा विश्वासको मत

अखबार दैनिक
सोमबार, वैशाख २७ २०७८
  • ओलीले गुमाए संसदमा विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएका छन् । आज प्रतिनिधि सभामा भएको मतदानमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । बैठकमा २३२ जना सांसद उपस्थित थिए । 
    सभामुख अग्निप्रसाद सापकोटाले ओलीको पक्ष र विपक्षमा सो मत परेको जानकारी गराएका हुन् । 
    ओली स्वयमले आज विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका थिए ।  संसद्मा विश्वास गुमाएसँगै ओली सरकार कामचलाउ भएको छ ।
    बैठकमा सत्तारुढ नेकपा एमालेको खनाल( नेपाल समूहका २८ सांसद अनुपस्थित भए । उनीहरुले आज बिहान बैठक गरेर संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले ओलीको विपक्षमा मतदान गरेका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका सांसद भने तटस्थ बसेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार