मंगलबार, मंसिर ११ गते २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा राजीनामा, नयाँ सरकार गठनको लागि आव्हान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा राजीनामा, नयाँ सरकार गठनको लागि आव्हान

अखबार दैनिक
आइतबार, वैशाख २६ २०७८
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा राजीनामा, नयाँ सरकार गठनको लागि आव्हान
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिनु भएको छ ।
     
    उहाँले प्रदेश प्रमुख सिता पौडेलसमक्ष आइतबार अपराह्न ३ बजे राजीनामा बुझाउनु भएको हो ।  कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यस उपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिनुभएको हो ।
     
    कोरोना भाइरसबाट संक्रमित गुरुङ आफु विरुद्धको अविश्वासको प्रस्तावमाथि हुने छलफलमा समेत सहभागी हुन नपाउने भएपछि राजीनामा दिएको बताइएको छ ।
     
    मुख्यमन्त्रीले राजीनामा दिए सँगै प्रदेश प्रमुख सिता पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिन भित्रमा नयाँ सरकार गठनको लागि आव्हान समेत गर्नु भएको छ ।
     
     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार