मंगलबार, मंसिर ११ गते २०८१

कास्कीमा २१ गते देखि ३१ गते सम्म लकडाउन

कास्कीमा २१ गते देखि ३१ गते सम्म लकडाउन

अखबार दैनिक
सोमबार, वैशाख २० २०७८
  • कास्कीमा २१ गते देखि ३१ गते सम्म लकडाउन

     पोखरा
    कास्कीमा बैशाख २१ गते विहान ५ बजेदेखी ३१ गते राती १२ बजे सम्म लकडाउन घोषणा गरिएको छ । नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि ११ दिन सम्मको लागि लकडाउन गरिएको हो । अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका बाहेकका पसलहरु बन्द हुनेछ भने सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन रोक लगाइएको छ  । प्रशासनले उक्त अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।
    यसअघि अत्यावश्यक सवारीसाधनबाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालनमा जोरबिजोर प्रणाली लागु भएको थियो । प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न पसलहरू, डिपार्टमेन्टल स्टोर (खाद्यान्न मात्र ) बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । त्यस बाहेकका सम्पूर्ण पसल तथा स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार