मंगलबार, मंसिर ११ गते २०८१

बन्धक बनाइएकाे हाेइन, बिरामी भएर अस्पतालमा आएको हुँ’ : सांसद शाही

बन्धक बनाइएकाे हाेइन, बिरामी भएर अस्पतालमा आएको हुँ’ : सांसद शाही

अखबार दैनिक
बिहीबार , वैशाख १६ २०७८
  • बन्धक बनाइएकाे हाेइन, बिरामी भएर अस्पतालमा आएको हुँ’ : सांसद शाही

    पाेखरा । उपचारारत सांसद खिमविक्रम शाहीले आजै एक विज्ञप्ती जारी गर्दै आफू बिरामी भएका कारण अस्पतालमा रहेको प्रष्टीकरण दिएका छन् ।

    images

    शाहीले सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको बताएका छन् ।

    ‘सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु,’ शाहीको भनाइ छ, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

    हेर्नुहाेस् विज्ञप्ती:

    प्रतिक्रिया दिनुहोस

    थप समाचार