मंगलबार, मंसिर ११ गते २०८१

सभामुखको बेइमानी,अविश्वास प्रस्ताव फेल हुने भए पछि प्रदेश सभा स्थगित

सभामुखको बेइमानी,अविश्वास प्रस्ताव फेल हुने भए पछि प्रदेश सभा स्थगित

अखबार दैनिक
बुधबार, वैशाख १५ २०७८
  • सभामुखको बेइमानी,अविश्वास प्रस्ताव फेल हुने भए पछि प्रदेश सभा स्थगित

    पोखरा
    मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्ताव फेल हुने भए पछि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चतकाल सम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा आजै मतदान गराउने गरी कार्यसूची बनाएका सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्ताव फेल हुने संकेत पाएपछि विशेष अधिवेशन अनिश्चितकालसम्मका लागि स्थगित गर्नुभएको हो ।
    अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने विश्वास गरिएका जनमोर्चाका १ जना सांसद अनुपस्थित भएपछि अनिश्चितकालसम्मका लागि विशेष अधिवेशन स्थगित भएको हो । अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको बेलामा सभामुखले दिउसो साढे ४ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यतिबेलासम्म २ जना सांसद अनुपस्थित रहेको हल्ला चलिसकेको थियो । त्यसपछि अर्काे बैठक नै नबसी सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिइएको छ । त्यो सूचनामा अर्काे बैठक कहिले भन्ने केही उल्लेख छैन ।
    जनमोर्चाले आफ्ना सांसद हराएकाले खोजी गरी पाँउ भन्दै निवेदन दिएपछि गण्डकी प्रदेशको विशेष अधिवेशन अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको छ, सुचनामा भनिएको छ । गण्डकी प्रदेशको विशेष अधिवेशनमा अनुपस्थित सांसद खिमविक्रम शाही भने पोखराको चरक मेमोरियल हस्पिटलमा भर्ना भएको पाइएको छ । अस्पताल उच्चश्रोतले दिएको जानकारी अनुसार उनलाई कोरोना संक्रमण भएको छ । 
    अविश्वास प्रस्ताव फेल हुने भए पछि सभामुख नेत्रनाथ अधिकारीले राजनितिक पूर्वाग्राही ढंग बाट प्रदेश सभा स्थगित गरेको नेकपा एमाले सांसद कृष्ण थापाले बताउनुभयो । उहाँले संसदको मर्म र मान्यता विपरित बेइमानी रुपमा सभामुखले कार्यव्यवस्था परामर्श समिति सँग सल्लाहनै नगरि बैठक स्थगित गरेको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार