मंगलबार, मंसिर ११ गते २०८१

गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना संक्रमण

अखबार दैनिक
बुधबार, वैशाख १५ २०७८
  • गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना संक्रमण


     पोखरा
    गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका सांसदको नाम भने गोप्य राखिएको छ । स्वास्थ्य निर्देशनालयले ३ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । 
    गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा एमाले सांसदहरुले कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् । सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राख्न नहुने बताउनुभएको थियो ।
    बैठक अवरुद्ध भएपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन बोलाईएको छ । सांसदहरुले भने आआफ्नो कोरोना रिपोर्ट पाइसकेको बताएका छन् ।
    परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार