मंगलबार, मंसिर ११ गते २०८१

अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे जनमोर्चाका नेताहरुलाई गाउँ पस्नै नदिने कार्यकर्ताको चेतावनी, काङग्रेसलाई गरेको समर्थन कदापी स्वीकार्य नहुने

अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे जनमोर्चाका नेताहरुलाई गाउँ पस्नै नदिने कार्यकर्ताको चेतावनी, काङग्रेसलाई गरेको समर्थन कदापी स्वीकार्य नहुने

अखबार दैनिक
मंगलबार, वैशाख १४ २०७८
  • अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे जनमोर्चाका नेताहरुलाई गाउँ पस्नै नदिने कार्यकर्ताको चेतावनी, काङग्रेसलाई गरेको समर्थन कदापी स्वीकार्य नहुने

    गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान नगर्न जनमोर्चाका कार्यकर्ताहरुले आग्रह गरेका छन् । यदि कांग्रेसको पक्षमा मतदान गरे जनमोर्चाका नेताहरुलाई गाउँ पस्न समेत नदिने चेतावनी दिएका छन् । एमाले नेतृत्वको सरकार ढालेर काङग्रेस नेतृत्वको सरकार बनाउन समर्थन नगर्न जनमोर्चाका नेता तथा सांसदहरुलाई कार्यकर्ताले चेतावनी दिएका हुन ।
    गण्डकीमा जनमोर्चाका तीन जना सांसद रहेका छन् । तत्कालिन समयमा एमालेसँग मिलेर चुनाव लडेकाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध मत हाल्ने पक्षमा जनमोर्चाका सांसद छैनन् । तर, उनीहरुलाई केन्द्रको आदेश मान्ने कि कार्यकर्ताको चेतावनी सुन्ने भन्ने संकट आइपरेको छ । कार्यकर्ताहरुले केन्द्रीय कमिटिलाई पनि वर्तमान सरकारको पक्षमा समर्थन गर्न दबाब दिएका छन् ।  चुनावको बेला कांग्रेसविरुद्ध जानुपर्ने भन्ने तर अहिले फेरि कांग्रेसलाई समर्थन गर्ने भन्दै स्थानीय कार्यकर्ताले गाउँ पस्न नदिने, कार्यक्रम बहिष्कार गर्ने जस्ता धम्की दिएको जनमोर्चाका एक सांसदले बताए । 
    मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङेले पनि मुख्यमन्त्री गुरुङकै पक्षमा छन् । यदि जनमोर्चाका तीन सांसदले कार्यकर्ताको सुझाव मान्ने र केन्द्रको आदेशलाई अटेरी गर्ने हो भने प्रस्तावित मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीलाई बहुमत पु–याउन मुस्किल देखिन्छ । यस्तो अवस्थामा गण्डकी प्रदेशमा जनमोर्चाको एक भोट पनि निर्णायक सावित हुनेछ ।
    गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत मुख्यमन्त्री पृथ्बीसुब्बा विरुद्ध अविश्वासको प्रस्ताव सोमबार  टेबुल भएको छ । 
    कांग्रेसको पक्षमा मतदान गरे बहिष्कार
    यही बैशाख १७ गते बागलुङको बरेङ गाउँपालिका ३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको स्मृति दिवसमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यकर्ताहरुले उक्त कार्यक्रममा सहभागी हुने जनमोर्चाका नेताहरु लाई बहिष्कार गर्ने बताएका छन् ।
    चुनावको समयमा कार्यकर्तालाई कांग्रेृसविरुद्ध हुन लगाउने र अहिले कांग्रेसलाई नै मत दिने निर्णय स्वीकार्य नहुने उनीहरुले बताउँदै आएका छन् । उनीहरुले प्रस्तावित मुख्यमन्त्री नेपालीलाई समर्थन गरे जनमोर्चाका सांसदलाई गाउँ पस्न समेत नदिने चेतावनी दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार