मंगलबार, मंसिर ११ गते २०८१

माओवादीलाई एमालेको जवाफ विश्वास र जनमतलाई मलामी लैजानेले सहकार्य गरेर कसरी जन्तीसहित हनिमुन मनाउनुहुन्छ ?

माओवादीलाई एमालेको जवाफ विश्वास र जनमतलाई मलामी लैजानेले सहकार्य गरेर कसरी जन्तीसहित हनिमुन मनाउनुहुन्छ ?

अखबार दैनिक
सोमबार, वैशाख १३ २०७८
  • माओवादीलाई एमालेको जवाफ विश्वास र जनमतलाई मलामी लैजानेले सहकार्य गरेर कसरी जन्तीसहित हनिमुन मनाउनुहुन्छ ?

     

    images

    गण्डकी प्रदेशसभाका नेकपा एमालेका सांसद धनञ्जय दवाडीले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई तत्कालीन एमाले नेता मनमोहन अधिकारीको सरकार हटाउन गरिएको हर्कत जस्तै भएको टिप्पणी गरेका छन्।
    ‘हिजो मनमोहन अधिकारीको सत्तालाई जे हर्कत गरिएको थियो,’प्रदेशसभामा बैठकमा दवाडीले भने, ‘लोकप्रिय सरकारलाई अपदस्थ गर्ने गरी अविश्वासको प्रस्ताव पेस भएको छ। इतिहास दोहोरिएको छ ।’
    संघीय प्रधानमन्त्रीविरुद्ध रिस पोख्न गण्डकी प्रदेशका मुख्यमन्त्रीवरिुद्ध अविश्वास प्रस्ताव ल्याइएको आरोप पनि लगाए ।
    ‘केपी शर्मा ओलीले गरेको गतिविधिका आधारमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई चुटेर न्याय पाइन्छ ?,’ उनको प्रश्न छ, ‘संघीयता बलियो हुन्छ ? गोलीको छर्रा निस्किन्छन् ?’
    मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेको अगुवाइमा दर्ता भएको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा पेस भएको छ । प्रस्तावलाई माओवादी केन्द्र र जसपाले समर्थन गरेका छन् । यसलाई दवाडीले ‘उग्रपन्थी र दक्षिणपन्थी’ बीचको मिलाप भएको टिप्पणी गरे । उनले भने, ‘इतिहासले प्रमाणित गरेको छ, माननीय ज्यू उग्रपन्थी र दक्षिणपन्थीको मिलनको कुरा पुष्टी गरेको छ । अब एउटै मोर्चा हुन्छ ।’
    माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले दवाडीले प्रश्न गरे, ‘चुनावमा सँगै लड्ने, प्रतिवद्धता एउटै गर्ने, कुरा क्रान्तिकारीका गर्ने अनि साँठगाथ चाहिँ दक्षिणपन्थीसँग गर्ने ?’
    प्रस्तावमाथि धारणा राख्दै माओवादी सांसद दीपक कोइरालाले आफूहरू झन्डावाल मोटर चढ्न सरकारमा नआएको बताएका थिए ।  ।  
    प्रदेशसभा बैठकमा त्यसपछि बोलेका एमाले सांसद धनञ्जय दवाडीले त्यसको प्रतिकार गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिका आधारमा मुख्यमन्त्रीविरुद्ध लागेर संघीयता बलियो नहुने उनले बताए ।  ‘यो कोरोना हुञ्जेल मास्क लगाएर हिँड्नुहोला, त्यसपछि जनतालाई के जवाफ दिनुहुन्छ ? एउटै घोषणपत्रबाट चुनाव लड्नुभयो, सरकारमा बस्नुभयो, सरकार स्थिर बनाउने र समृद्धिका कुरा गर्नुभयो अनि आज मोटर चढ्न होइन भनेर म्याउ गर्नुहुन्छ,’ सांसद दवाडीले भने, ‘तपाईंको म्याउ मोटर चढ्नका लागि र झन्डा हल्लाउन हो अनि यो अराजकता हो ।’
    उनले उग्रपन्थी र दक्षिणपन्थीको मोर्चाले जनता विरोधी गतिविधि गर्दै आएको बताए । संघीयता विरोधी काम गर्नेले नै सुशासनको गफ दिइरहेको उनले टिप्पणी गरे ।
    ‘सुशासनको गफ दिनुहुन्छ ? तपाईंको विगतबाट देखिन्छ सुशासन कति पालना गर्नुभयो भन्ने कुरा । सपना, विश्वास र जनमतलाई मलामी लैजानेले सहकार्य गरेर कसरी जन्तीसहित हनिमुन मनाउनुहुन्छ ? त्यो आउने दिनले पुष्टि गर्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार