शुक्रबार, मंसिर ७ गते २०८१

प्रधानमन्त्री वली द्वारा पुनर्निर्मित धरहराको उदघाटन

प्रधानमन्त्री वली द्वारा पुनर्निर्मित धरहराको उदघाटन

अखबार दैनिक
शनिबार, वैशाख ११ २०७८
  • प्रधानमन्त्री वली द्वारा पुनर्निर्मित धरहराको उदघाटन

    images

    काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । आज सुन्धारामा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् ।

    धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी २० औं तलामा रहेको बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेर पुष्प वृष्टिसमेत गरेका थिए ।

    २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो ।

    बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ ।

    गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ करोड ४८ लाख लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम सम्पन्न भएकाे छैन । आम सर्वसाधारण भने धरहरा अवलोकन गर्न जान पाइँनेछैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ