मंगलबार, मंसिर ११ गते २०८१

पञ्चासे वन संरक्षण क्षेत्र मूल परिषद् गठन, पञ्चासे तनाव मुक्तीको प्राकृतिक हस्पिटलः मन्त्री लम्साल

पञ्चासे वन संरक्षण क्षेत्र मूल परिषद् गठन, पञ्चासे तनाव मुक्तीको प्राकृतिक हस्पिटलः मन्त्री लम्साल

अखबार दैनिक
बिहीबार , वैशाख ९ २०७८
  • पञ्चासे वन संरक्षण क्षेत्र मूल परिषद् गठन, पञ्चासे तनाव मुक्तीको प्राकृतिक हस्पिटलः मन्त्री लम्साल

    पोखरा
    पञ्चासे वन संरक्षण क्षेत्र मूल परिषद् गठन गरिएको छ । जसको अध्यक्षमा रामकाजी गुरुङ, उपाध्यक्षमा मेख बहादुर गुरुङ, कोषाध्यक्षमा शुसिलादेवी गुरुङ, सहसचिवमा विष्णु प्रसाद पौडेल र सदस्य सचिवमा तिलक थापा रहनुभएको छ ।  त्यस्तै सदस्यहरुमा खगेन्द्रराज बराल, राम माया पौडेल, दिपक क्षेत्री ,रुकुमदत्त शर्मा, नारायण शर्मा, तारा गुरुङ, शिव घले, दिल बहादुर भट्टराई, शकुन्तला वि.क. सहित १५ सदस्य चयन गरिएको छ । जैविक विविधता तथा पर्यटकिय हिसाबले अत्यान्त महत्वपूर्ण मानिने पञ्चासे प्रदेश मातहतमा आएपश्चातको यो पहिलो समिति हो । । यस अघि पञ्चासे क्षेत्र संघिय सरकारले हेर्दै आएको थियो ।
    पञ्चासे वन संरक्षण क्षेत्र मूल परिषद् गठन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आदिमकालदेखिनै ऐतिहासिक धार्मिक महत्व बोकेको तथा पर्यटकिय गन्तव्य स्थल पञ्चासे  क्षेत्रको संरक्षण र सम्वद्र्धनमा तदारुक्ताका साथ काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । मन्त्री लम्सालले जैविक विविधताको खानि पञ्चासे तनाव मुक्तीको प्राकृतिक हस्पिटल रहेको चर्चा गर्नुभयो । अध्ययन अनुसन्धान गर्ने तथा तनवमा परेका हरुलाई तनावमुक्त बनाउने प्राकृतिक अस्पताल पञ्चासे क्षेत्र रहेको बताउनुभयो । पञ्चासे बिदेशी तथा स्वदेशी पर्यटकहरुको आकर्षण गन्तव्यको रुपमा विकसित भई सकेको बताउदै मन्त्री लम्सालले पञ्चासे क्षेत्रको विकासको लागि प्रदेश सरकार सधैँ कटिबद्ध रहेको बताउनुभयो । उहाँले पञ्चासे त्यस क्षेत्रको पानीको भण्डारण रहेको भन्दै यसको प्राकृतिक संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
    पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले पञ्चासे क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको गतिलो गन्तव्य बन्दै गएकाले यसको संरक्षण र सम्वद्र्धनमा सबै सरकोकारवाला निकाय लाग्नुपर्नेमा जोडदिनुभयो । पञ्चासेलाई महानगरपालिकाले आफ्नो गहनाको रुपमा लिएको समेत बताउनुभयो ।
    अनुपम प्रकृतिको सुन्दर दृश्यावलोकन पञ्चासे लेकको प्रमुख आकर्षण हो । साथसाथै पहाडी चुचुरोको घना जङ्गलको बीच भागमा रहेको कञ्चन र निर्मल पिपलपात आकारको ताल पञ्चासे लेकको अर्को आकर्षण हो । पर्वत, कास्की र स्याङ्जा जिल्लाका सदरमुकामबाट बिहान हिँडेर पञ्चासेको एक दिवसीय भ्रमण पूरा गरेर साँझ सम्बन्धित सदरमुकाममै फर्किनसक्नु आन्तरिक पर्यटकका लागि झनै महत्वपूर्ण आकर्षण भएको छ । 
    नागवेली आकारको चुचुरोका चारस्थानमा रहेका गुरूङ (तमु) हिल टावर, विश्व शान्ति स्तुपा र बौद्ध गुम्बा, च्यवन ऋषिको आश्रम रहेको स्थान, पञ्चासे क्षेत्र विकास समितिको सचिवालय, लामो हिमश्रृङ्लाहरूको लस्कर दृश्यावलोकन गर्न सकिने गरी निर्माण गरिएको पञ्चासे टावर र सिद्ध बाबाको स्थान पञ्चासे लेकका थप आकर्षणहरू हुन् । 

    images

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार