मंगलबार, मंसिर ११ गते २०८१

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने

अखबार दैनिक
सोमबार, वैशाख ६ २०७८
  • वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय, यातायातलगायत सार्वजनिक स्थानमा मापदण्ड तोकिने

    काठमाडौं : सरकारले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गराउने निर्णय गरेको हो। यसअघि स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय बन्द गराउन सिफारिस गरेको थियो।

    images

    कोभिड-१९ को डबल म्युटेड भाइरस संक्रमण फैलने खतरा रहेको भन्दै सरकारले अन्य क्षेत्रमासमेत मापदण्ड तोक्ने तयारी गरेको छ।

    यसैगरी यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड तोकेर सञ्चालन गर्न लगाउने निर्णयसमेत गरेको छ। बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार