काठमाडौं। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएकई)ले १२ कक्षाको बोर्ड परीक्षा स्थगित र १० कक्षाको परीक्षा रद्द गरेको छ।
भारतका केन्द्रीय शिक्षामन्त्री रमेश पोखरियालले ट्वीटमार्फत् परीक्षा स्थगित र रद्द गरिएको जनाएका हुन्। भारतमा १२ कक्षाको परीक्षा मे तथा जुनमा तय गरिएको थियो। अब उक्त परीक्षाको मिति जुनमा तय गरिने जनाइएको छ।