प्रधानमन्त्री ओलीले अर्थतन्त्र, जनजीवन र शिक्षा क्षेत्र २०७७ साल वर्षगभरी नै अक्रान्त भएको बताएका छन् ।
नयाँ वर्षको अवसरमा आज देशबासीलाई नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
कात्तिकदेखि नियन्त्रणमा आएको कोरोना भाइरल फेरि चैत्रको सुरुवातबाट फैलन थालेको बताए ।
उनले २०७८ पनि २०७७ जस्तो पीडादायी नहोस् तथा अर्थतन्त्रलाई प्रतिकुल असर पार्न नपाओस् भनेर सजग हुनु पर्ने आवश्यकता रहेको उनले बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ को महामारीबाट सर्तक रहन र मापदण्डको पालना गर्न आग्रह गरे । उनले आफू सुरक्षित रहन र आफ्नो समाजलाई सुरक्षित राख्न आग्रह गरे ।