मंगलबार, मंसिर ११ गते २०८१

प्रदेश भित्रका ताललाई व्यूटिफिकेशन गर्दै गण्डकी प्रदेश सरकार

प्रदेश भित्रका ताललाई व्यूटिफिकेशन गर्दै गण्डकी प्रदेश सरकार

अखबार दैनिक
सोमबार, चैत ३० २०७७
  • प्रदेश भित्रका ताललाई व्यूटिफिकेशन गर्दै गण्डकी प्रदेश सरकार

    माधव पराजुली,  पोखरा
    गण्डकी प्रदेश सरकारले १८ वटा तालमा पूर्वाधार विकास तथा व्यूटिफिकेशनको कामलाई अगाडि बढाएको छ । चालु आर्थीक बर्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र ताल संरक्षण तथा विकास प्राधिकरण मार्फत १८ वटा तालमा पूर्वाधार विकास तथा व्यूटिफिकेशनको कामलाई अगाडि बढाइएको हो । गण्डकी प्रदेशका ११ जिल्लाहरुमध्ये यो आर्थीक बर्षमा ९ जिल्लाका विभिन्न ठाउँमा रहेका ताल⁄पोखरीहरुको संरक्षण तथा मर्मत सम्भारको कार्यलाई अगाडि बढाईएको हो ।
    प्रदेश सरकारले फेवाताल, टडुवा ताल, बाघेखोला ताल, बाह्र पोखरी तथा ताल, मेमे पोखरी, दुधपोखरी ताल, ठूलीदह, साना दह, हरीपोखरी मर्मत, गाँजाको दह, ठूली पोखरी ताल, बराह ताल, ढवाह ताल, कफुचे हिमताल, ताल पोखरी, कास्यप पोखरी, राम्जा ठूलीपोखरी, सुनपोखरी, इलम पोखरी लागएतका तालहरुमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम अगाडि बढाईएको हो । प्रदेश सरकारले गत आर्थीक बर्षमा वेग्नास, खास्टे, मैदी, दिपागं लगाएतका तालमा पूर्वाधार विकास तथा सौन्दर्यीकरणको काम गरेको थियो । प्रदेश भित्रका बाकीँ अन्य तालहरुमा पूर्वाधार विकास तथा व्यूटिफिकेशनको काम अगामी आर्थीक बर्षमा गर्ने तयारी गरिएको छ ।
    गण्डकी प्रदेश आफैंमा पर्यटकीय प्रदेश भएको र सिमसार क्षेत्र यस प्रदेशको पर्यटन विकासको मेरुदण्डको रुपमा रहेकाले यस प्रदेशका ताल (सिमसार) क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको काम प्रदेश सरकारले अगाडी  बढाएको हो । हाल विश्वभरका पर्यटकहरुमध्ये आधाले (सिमसार क्षेत्र) तालको भ्रमण गर्ने गरेका छन् । पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको प्रदेश सरकारले गण्डकी प्रदेश भित्रका सबै तालहरुको संरक्षण तथा विकासका लागि ताल संरक्षण तथा विकास प्राधिकरणनै गठन गरेको छ ।
    ताल प्राधिकरणले यो आर्थीक बर्षमा १८ वटा तालको विकास तथा व्यूटिफिकेशनको काम सम्पन्न गर्नको लागि योजनावद्ध रुपमा लागिरहेको ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनुप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ति तालहरुमा फुट ट्रेल, रेलिङ, ताल आसपासमा दुवो सहितको बगैचाँ, तालको संरक्षणका लागि रिटेनिङ वाल, पानीको गुणस्तर, सिल्टेसन नियन्त्रण सम्वन्धीको काम ,पानीको मुहानहरुमा नियमिति पानी भण्डारणको लागि आवश्यक पानी रिचार्ज गर्ने लगायतका कामहरु अहिँले भएका छन् । 
    प्रदेशमा अवस्थित ताल र ताल जलाधार क्षेत्रको संरक्षण, पुर्नस्थापना र प्रभावकरी व्यवस्थापन गरी जैविक विविधता र वातावरण संरक्षण गर्ने, ताल क्षेत्रको नक्साङ्कन गर्ने, अतिक्रमण हटाउने तथा रोक्ने, तालजन्य स्रोतहरुको दिगो तथा बुद्धिमतापूर्ण उपयोग गरी त्यस्ता स्रोतमा आश्रित समुदायको समृद्धिमा टेवा पु¥याउने, तालको दिगो व्यवस्थापन, पर्यापर्यटन तथा जलपर्यटन प्रर्वद्धन गर्ने कामलाई पनि प्रदेश सरकारले अगाडी बढाएको छ ।
    प्रदेशका सवै ताल तथा हिमतालहरुलाई भौगोलिक सूचना प्रणाली  रिमोट सेन्सिडद्धारा डिजिटाइज र फिल्ड प्रमाणिकरण गर्ने,राउण्ड फेवाताल पदमार्ग, गण्डकी प्रदेशका सवै तालको अभिलेखिकरण गर्ने,गण्डकी प्रदेशका स्थानीय ताल समिति र व्यवससायीसँग तालको संरक्षण र प्रवद्र्धन जस्ता कार्यक्रमहरु कार्यान्वयनको चरणमा समेत छन् ।
    विश्वमा हाल हरेक बर्ष २६ करोेड ६० लाख मानिसलाई सिमसार क्षेत्रले रोजगारी दिईरहेको पाईन्छ् । तालको उचित संरक्षण हुन सकेमा दिगो पर्यटकको माध्यमबाट स्थानिय उपभोक्ताहरुको जिविकोपार्जनमा टेवा पुग्ने तथा सम्पूर्ण ताल तथा पोखरीहरु प्राकृतिक, धार्मिक र पर्यटकीय हिसावले अति महत्वपूर्ण रहेको पाइएको हुँदा  ताल तथा पोखरीहरुकोे संरक्षण गर्नु अति आवश्यक रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो । सिमसार क्षेत्रले सिँचाई, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुयाउने लगायत जैविक विविधताको दिगो व्यवस्थापन मार्फत राष्टिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याउने उहाँको भनाई छ । 

    images

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार