पर्वतको पैयुँ गाउँपालिका वडा नं. ६ सरौँखोला डाँडाकाहुका शेर प्रसाद गौतम शुक्रवार दिउसो खेतमा पाकेको गहुँ काट्नमा व्यस्त थिए । श्रीमती उजेली गौतम र आफु घरमा ताल्चा लगाएर घर नजिकैको खेतमा दिनभर गहुँ काट्न गएका शेरप्रसाद खेतमा झुलिरहेको गहुँ देखेर मख्ख थिए । श्रीमान श्रीमती बिच दुःख सुःखका गफ गर्दै मेलो भरिरहेका बेला शुक्रबार दिउँसो साढे २ बजे नजिकै जंगलमा लागेको डढेलो एक्कासी घरमा सल्कियो । घरमा आगो लागेको देख्ना साथ उनी काट्दै गरेको कहुँको मुठी र हसिया फालेर हस्याङ् र फस्याङ् गर्दै दौडिदै घरमा आईपुगे । उनी त्यहाँ आईपुग्दा आगो केही मात्रमा घरमा फैलिएको थियो । उनी घरमा लागेको आगो तत्काल निभाउन हार र गुहार गरे । उनी छट्पटिदै घरि पानी त घरि माटो र ढुंगाले आगो निभाउने कोसिस गरे तर आगोले झन् भन्दा झन् घर टिप्दै गयो । घरमा लागेको आगो निभ्याउन आफ्नो सम्पूर्ण अस्त्र प्रयोग गरेका शेरप्रसादले घरलाई पुर्ण क्षेती हुन बाट जोगाउन भने सकेन्न । घरमा तिब्र रुपमा फैलिएको आगो नियन्त्रणमा ल्याउन निकै मुस्किलनै थियो । आगोलागि बाट घरलाई जोगाउन नसके पनि शेरप्रसादले घर भित्र रहेका महत्वपूर्ण सामाग्रीहरु झिक्नको लागि पनि भग्मग्दुर प्रयास गरे तर विकरालरुप लिएको आगोलाई छल्दै उनी घर भित्र पस्ने स्थिती भने थिएन, निकै कठिन थियो । घर जोगाउने प्रयासमा उनी एक्ला मात्र थिएनन् उनलाई गाउँलेको साथ पनि थियो तर सम्पूर्ण गाउँले लाग्दा पनि आगोलागि बाट घरलाई जगाउन सकेनन् । राम राम मात्र भन्न सकेका शेर प्रसादले आखिर आफुले लगाएको शरिरको एकसरो कपडा बाहेक घर भित्रका कुनै सामाग्री जोगाउन सकेनन् । घर भित्र रहेका नागरिकता सहतिका महत्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्न, लगायत सामग्री जलेर छिनभरमै नष्ट भयो । दुईकोठाको दुई तले घर रहेको शेरप्रसादको आटीँमा तिन वटा भकारी थिए । त्यस मध्ये एउटा भकारीमा १४—१५ मुरी धान थियो भने अर्कोमा आधा आधी कोदो थियो । आर्को भोरिन नसकेको गहुँको भकारी थियो । त्यो भकारी यो बर्ष भोर्ने उनको सपना थियो । यो बर्षमा उनको खेतमा गहुँ राम्रो फलेको थियो । तर भकारी भर्ने उनको सपना छिनभरमै चकनाचुर भयो । घरमा धान, मकै, गहुँ, कोदो लागएतका अन्नबाली प्रशस्त भित्र्याउदै आएका शेरप्रसाद आफु पेशाले कृषक हुन । उनले विगत देखिनै खेती किसानी गरेर आफ्नो परिवार पाल्दै आएका छन् । उनको परिवारमा आफु सहित श्रीमती र दुई छोरा छन् । दुई छोरीको विवाह भईसकेको छ । उनका जेठा छोरालाई आफ्न्तले लगेर पढाएका छन् भने कान्छा छोरा सोही गाउँकै विद्यालयमा पढ्छन् । शेरप्रसादको आर्थीक अवस्था नाजुकनै छ । उनलाई अब कहाँ बस्ने र के खाने भन्ने भन्ने चिन्ताले सताईरहेको छ ।
शुक्रबार दिउँसो साढे २ बजे जंगलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा रेशमलाल सहितको ५ घर र १२ गोठ जलेर नष्ट भएको थियो । आगोलागि बाट स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् । यी मध्ये शेर प्रसाद गौतम नम प्रसाद सापकोटा, रेशमलाल गौतमको आर्थीक अवस्था नाजुक छ ।
स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा समेत आगलागीले क्षति पु¥याएको छ । आगो लागि बाट १२ गोठ जलेको र भैंसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ । घरमा भएका महत्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्न, लगायत सामग्री जलेर नष्ट भएको छ ।
आगोलागि पिडितलाई सान्त्वना दिन सोही क्षेत्र बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिवार सोही स्थानमा पुगेका थिए । उनले त्यहाँको वस्तु स्थिती बारे निरिक्षण गर्दै प्रदेश सरकारको तर्फ बाट तत्कालको लागि आगोलागिमा परि घर गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रति घर रु १० हजार रकमका साथै अस्थाई वासस्थानका लागि टेण्ड हाउस, त्रिपाल सहितका सामाग्रीहरु वितरण गरे । मन्त्री लम्सालले दुखद घटना हुन पुगेको बताउदै यो दुखको घडीमा प्रदेश सरकार साथमा रहेको बताउदै थप सहयोगको लागि आफ्नो तर्फ बाट पहल गर्ने समेत बताए ।
घरमा आगो लागि पछि बारीमा रात कटाएका शेर प्रसाद सहितका परिवार भोलिपल्टै टेण्ड हाउसमा बस्न थालेका छन् । अस्थाई रुपमा टेण्ड हाउसमा बसे पनि उनहरुलाई ओत लाग्ने घर कसरि बनाउने र के खाने भन्ने चिन्ताले दिनरात पिरोल्न थालेको छ ।