मंगलबार, मंसिर ११ गते २०८१

नगद सहित राहात सामाग्री बोकेर आगोलागि पिडित कहाँ पुगे मन्त्री लम्साल, बारीमा बसेका आगोलागि पिडित टेण्ड हाउसमा सरे

नगद सहित राहात सामाग्री बोकेर आगोलागि पिडित कहाँ पुगे मन्त्री लम्साल, बारीमा बसेका आगोलागि पिडित टेण्ड हाउसमा सरे

अखबार दैनिक
शनिबार, चैत २८ २०७७
  • नगद सहित राहात सामाग्री बोकेर आगोलागि पिडित कहाँ पुगे मन्त्री लम्साल, बारीमा बसेका आगोलागि पिडित टेण्ड हाउसमा सरे


    पर्वतको पैयुँ गाउँपालिका वडा नं. ६ सरौँखोला स्थित डाँडाकाहुँमा आगोलागि पिडितलाई राहात वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिवार प्रदेश सरकारको तर्फ बाट तत्कालको लागि आगोलागिमा परि घर गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रति घर रु १० हजारका साथै अस्थाई वासस्थानका लागि टेण्ड हाउस, त्रिपाल सहितका सामाग्रीहरु वितरण गर्नुभएको हो ।
    मन्त्री लम्सालले दुखद घटना हुन पुगेको बताउदै यो दुखको घडीमा प्रदेश सरकार साथमा रहेको बताउदै थप सहयोगको लागि आफ्नो तर्फ बाट पहल गर्ने समेत बताउनुभयो । गर्मी बढिरहेको तथा हुरी बतास चल्न शुरु भएको यस समयमा विगत केही दिन देखि प्रदेशका केहीँ वन जंगलहरुमा डढेलो तीव्र रुपमा फैलिएकोले सजक हुन मन्त्री लम्सालले आपिल समेत गर्नुभयो । खडेरीको मौसममा वन डढेलो लागी वस्तीमा आगो फैलिन पुगी जनधनको क्षेतीहुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पंक्षीसमेतलाई हानी–नोक्सानी पु¥याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ नगर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाइ वन संरक्षण तर्फ अग्रसर हुन स्थानियवासीलाई अनुरोध समेत गर्नुभयो । उहाँले आफ्नो घर वरिपरि तथा वन जंगलमा आगो लागि हुन नदिन  स्थानियवासीनै चनाखो हुनुपर्नेमा जोडदिनुभयो ।
    शुक्रबार दिउँसो साढे २ बजे जंगलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा ५ घर र १२ गोठ जलेर नष्ट भएको थियो । आगोलागि बाट स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् । स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा समेत आगलागीले क्षति पु¥याएको छ । १२ गोठ जलेको र भैंसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ ।
    घरमा भएका महत्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्न, लगायत सामग्री जलेर नष्ट भएको छ । 
    मन्त्री लम्सालले घटना स्थलमा पुगी टेण्ड हाउस वितरण गरे सँगै बारीमा त्रिपाल मुनी बसेका आगोलागि पिडितहरु टेण्ड हाउसमा सरेका छन् । 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार