मंगलबार, मंसिर ११ गते २०८१

वन डढेलोबाट जोगाइ वन संरक्षण तर्फ अग्रसर हुन मन्त्री लम्सालको अपिल

वन डढेलोबाट जोगाइ वन संरक्षण तर्फ अग्रसर हुन मन्त्री लम्सालको अपिल

अखबार दैनिक
शुक्रबार, चैत २७ २०७७
  • वन डढेलोबाट जोगाइ वन संरक्षण तर्फ अग्रसर हुन मन्त्री लम्सालको अपिल

     

    images

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जाडो याम सकिएसँगै गर्मी बढिरहेको र हुरी बतास चल्न शुरु भएको यस समयमा विगत केही दिन देखि प्रदेशका केहीँ वन जंगलहरुमा डढेलो तीव्र रुपमा फैलिएकोले सजक हुन आपिल गर्नुभएको छ । शुक्रबार एक अपिल जारी गर्दै मन्त्री लम्सालले सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागी वन पैदावार, वन्यजन्तु तथा पंक्षीसमेतलाई हानी–नोक्सानी पु¥याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ नगर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाइ वन संरक्षण तर्फ अग्रसर हुन अनुरोध गर्नुभएको हो ।
    कथंकदाचित वन डढेलो लागी हालेमा वन उपभोक्ता समूह, स्थानिय जनसमुदाय, प्रशासन, सुरक्षा निकाय लगायतका सम्बद्ध पक्षहरु मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा श्रोत र साधनले भ्याएसम्म सम्वन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपिल गर्दछु जारी अपिलमा भनिएको छ । 
    जिल्ला डिभिजन वन कार्यालय तथा सव डिभिजन वन कार्यालय बाट उपलब्ध हुने स्रोत साधन लाई सदुपयोग गर्न अनुरोध गर्दै बालबच्चाले पुग्ने स्थानमा सलाई लाईटर जस्ता आगोजन्य पदार्थ नराख्न तथा वनको बाटो भई आवत जावत गर्ने बटुवा, वनमा वस्तुभाउ चराउने व्यक्ति, वनमा घाँस, दाउरा गर्न जाने व्यक्ति एवम् वन जंगल नजिक बसोबास गर्ने मानिसहरु बाट वनमा डढेलो लगाउने सम्भावना हुने हुँदा वनमा प्रवेश गर्दा सलाई लाईटर, दियालो जस्ता प्रज्वलनशील पदार्थ लिई प्रवेश नगर्न समेत मन्त्री लम्सालले आग्रह गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार