गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वतको पैयूँ गाउँपालिका वडा नं. ६ सरौंखोलास्थित डाँडाकाहुँमा भिषण आगोलागिका कारण भएको क्षतीले अत्यन्तै स्तब्ध बनाएको बताउनुभएको छ । शुक्रबार एक विज्ञप्ति जरी गर्दै मन्त्री लम्सालले सरौंखोलास्थित डाँडाकाहुँमा भएको भिषण आगोलागिका कारणस्थानीय जनताको घर, गोठ तथा पशु चौपायको क्षतीले अत्यन्तै स्तब्ध बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
३, ४ दिनदेखि स्याङ्जा जिल्लाको करादीको वनमा लागेको आगो फैलिदै पर्वतको पैयूँ गाउँपालिका वडा नं. ६ को डाँडाकाहुँमुनिको खरबारी हुँदै आज करिब १ बजेतिर डाँडाकाहुँको वस्तीमा प्रवेश गरेको थियो । सो समयमा लागेको हावाहुरीका कारण आगो छोटो समयमा व्यापकरुपमा फैलिन गई सोही गाउँका २ वटा घर पूर्णरुपमा क्षती भएका छन् भने ३ वटा घर आंशिक रुपमा क्षती भएका छन् विज्ञप्ति भनिएको छ त्यसैगरी १० वटा गोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा गोठभित्र रहेका केही भैंसी, गोरु र बाख्रा समेत मरेका छन भने केही घाइते भएका छन् । मन्त्री लम्सालले विपत्तिमा उद्धार र राहतमा जुट्न सबैलाई अपिल समेत गर्नुभएको छ ।
डाँडाकाहुँमा लागेको आगो स्थानीय जनता, जनप्रतिनिधि, हुवास इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, चण्डिका शसस्त्र प्रहरी गणबाट गएको टोली र स्याङ्जा बाट गएको नेपाली सेनाको टोलीले तुरुन्तै नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा लिन सकेका कारण कुनै मानवीय क्षती नभएपनि ठूलो मात्रामा स्थानीय जनताको भौतिक सम्पत्ति तथा पशुधनको क्षती भएको छ ।